५ माघ २०८०, शुक्रबार

ताजा खबर

बर्दियामा निषेधाज्ञा उल्लंघन गर्ने ३७ सय जनाभन्दा बढी प्रहरीको नियन्त्रणमा

   २५ बैशाख २०७८, शनिबार १२:२२ प्रकाशित

कोभिड–१९ को दोस्रो चरणको महामारी नियन्त्रण तथा रोकथामका लागि सोमबारदेखि बर्दियामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधन लगायत मानिसलाई प्रहरीले नियन्त्रणमा लिएर होल्ड गरि कारबाही गर्ने गरेको छ । जिल्लाका विभिन्न स्थानमा परिचालित प्रहरीले हालसम्म ३ हजार ७ सय भन्दा बढी सर्बसाधरणलाई होल्ड गरि कारबाही गरिएको हो।

बर्दियामा जारी निषेधाज्ञा उल्लंघन गर्नेलाई होल्ड गरी सम्झाउने र केही बेर होल्ड गरि कारवाही गरि पठाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले यो समाचार तयार पार्दासम्म १ हजार १ सय २७ थान साईकल,१ हजार १ सय ३७ मोटरसाइकल, ३ सय २० वटा चारपांग्रे सवारी साधन, १ सय ८२ थान अटोरिक्सा लगायत ३ हजार ७ सय ३७ जनालाई नियन्त्रणमा लिइ होल्ड गरि कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

बर्दिया जिल्लामा पनि कोभिडको महामारी रोकथाम तथा नियन्त्रण गर्न आमजनता आफैँ सचेत हुनुपर्ने बताउदै यदि कसैले निषेधाज्ञाको उल्लंघन गरेको पाइएमा कडा कारवाही गरिने प्रहरी उपरीक्षक कार्कीले बर्दिया न्युजलाई जानकारी दिनुभयो ।

124 Views
%d bloggers like this: