५ माघ २०८०, शुक्रबार

ताजा खबर

जिल्ला अस्पताल बर्दियालाई गुलरिया नगरपालिकाको २४ लाख सहयोग

   १७ जेष्ठ २०७८, सोमबार ११:४२ प्रकाशित

जिल्ला अस्पताल बर्दियालाई गुलरिया नगरपालिका कार्यालयले २४ लाख सहयोग गरेको छ। पूर्वाधारमा कमजोर मानिएको जिल्ला अस्पताललाई नगरसभाबाट निर्णय गर्दै गुलरिया नगरपालिकाले २४ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो।

बर्दिया जिल्ला अस्पतालमा थोरै जनशक्ति र पुर्वाधारको कमि हुँदा पनि उत्कृष्ट सेवा दिँदै आइरहेको बर्दिया अस्पताललाई गुलरिया नगरपालिकाले कोभिड महामारीका बेला सहयोग पुर्‍याउन आर्थिक सहयोग उपलब्ध गराएको गुलरिया नगरपालिका बर्दियाका नगरप्रमुख मुक्तिनाथ यादवले बताउदै नगर लगायत जिल्लाकै बिरामीहरुलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले बर्दिया जिल्ला अस्पताललाई सहयोग गरेको जानकारी गराए।

151 Views
%d bloggers like this: