५ माघ २०८०, शुक्रबार

ताजा खबर

परीक्षणको ४८ प्रतिशत कोरोना संक्रमित

   १८ जेष्ठ २०७८, मंगलवार १४:०९ प्रकाशित

हरिवंश पाण्डे, ठाकुरद्वारा
ठाकुराबाबा नगरपालिकाको सहयोगमा वडा ९ मा रहेको कोभिड प्राथमिक उपचार केन्द्रमा आज गरिएको एन्टीजिनबाट कोभिड परीक्षणमा परीक्षणको झण्डै ४८ प्रतिशतलाई कोरोना पोजिटिभ देखिएको छ।
ठाकुरबाबा नगरपालिकाको नगर भित्रका कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएका र कन्ट्रयाक ट्रेसिङमा परेका नागरिकहरुको परीक्षण गर्ने लक्ष्य सहित ९ ओटै वडामा एन्टीजिन किटबाट परीक्षण गरेको हो। आज पहिलो दिन ९ नम्बर वार्ड ठाकुरद्वाराबाट सुरुवात गरिएको नगर प्रमुख घन नारायण श्रेष्ठले बताउनु भयो ।
ठाकुरबाबा नगरपालिका वार्ड नं. ८ को ५ जना र ९ को २७ जना गरी जम्मा ३२ जनाको कोभिड परीक्षण गरिएकोमा १५ जनाको रिपोर्ट पोजिटिभ आएको नगर प्रमुखले बताउनुभयो । कोभिड पोजिटिभ रिपोर्ट आएका संक्रमितलाई स्वास्थ्य परामर्श र सामाग्री प्रदान गर्दै घरैमै सुरक्षित तरिकाले बस्न र स्वास्थ्यमा केही समस्या भए तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा रहन वडा अध्यक्ष राधा चौधरीले अनुरोध गर्दै आजको ग्रामीण स्तरमै गरेको कोभिड परीक्षणले जनतामा केही सहजता भएको उहाँ ले बताउनु भयो।

179 Views
%d bloggers like this: