५ माघ २०८०, शुक्रबार

ताजा खबर

ठाकुरबाबा कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

   १८ जेष्ठ २०७८, मंगलवार १४:२४ प्रकाशित

हरिवंश पाण्डे, ठाकुरद्वारा
संरक्षण, स्वरोजगारमुखी, क्षेत्रमा कार्य गर्दै आएको उज्यालो नेपाल संस्था र हाम्रो मध्यवर्ती राधाकृष्ण साकोसले ठाकुरबाबा नगरपालिकामा संचालित अस्थायी कोभिड अस्पताल रानिपुर र कोभिड प्राथमिक उपचार केन्द्र ठाकुरद्वारालाई प्रदान गर्ने गरी अक्सिजन सिलिन्डर, मास्क र अक्सिमिटर सहयोग गरेको छ।
ठाकुरबाबा नगरपालिकाको वार्ड नम्बर १ भुरीगाँउमा मुख्य कार्यालय रहेको उज्यालो नेपाल र हाम्रो मध्यवर्ती राधाकृष्ण साकोसले ठाकुरबाबा नगरपालिकाको मुख्य कार्यालय सैनावरमा एक कार्यक्रमका बीच १३ थान अक्सिजन सिलिन्डर, ८ थान अक्सिमिटर र २ हजार थान सर्जिकल मास्क प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाललाई संस्थाका अध्यक्ष नवराज न्यौपानेले हस्तान्तरण गर्नु भएको हो।
कोभिड बिरामीहरुको उपचारार्थ आवश्यक अक्सिजन अभाव कम गर्न सामाजिक उत्तरदायित्व वहन अन्तर्गत ठाकुरबाबा नगरपालिकाले संचालन गरेको अस्थायी कोभिड अस्पताल रानिपुरलाई ८ थान अक्सीजन सिलिन्डर, ४ थान अक्सीमिटर र १ हजार थान सर्जिकल मास्क, कोभिड १९ प्राथमिक स्वास्थ्य केन्द्र ठाकुरद्धारालाई ५ थान अक्सीजन सिलिन्डर, ४ थान अक्सीमिटर र १ हजार थान सर्जिकल मास्क उपलब्ध गराउने गरी ठाकुरबाबा नगरपालिकालाई १३ थान अक्सीजन सिलिन्डर, ८ थान अक्सीमिटर र २००० थान सर्जिकल मास्क हस्तान्तण गरिएको संस्थाका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो। यसै गरी संस्थाले
इलाका प्रहरी कार्यालय भुरीगाँउलाई ४०० थान सर्जिकल मास्क र सेनिटाईजर समेत हस्तान्तण गरेको छ ।

119 Views
%d bloggers like this: