२४ माघ २०८०, बुधबार

ताजा खबर

मानव बेचविखन तथा घरेलु हिंसा विरुद्ध घरदैलो कार्यक्रम

   २६ माघ २०७८, बुधबार ११:४७ प्रकाशित

बर्दियाको गुलरिया नगरपालिका वडा नं. ५ वडा कार्यालयको आयोजनामा मानव बेचविखन तथा घरेलु हिंसा विरुद्ध घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

“हाम्रो आवहान मानव बेचविखन विरुद्धको अभियान” मूल नारा भएको सो घरदैलो कार्यक्रम महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, शान्ति पुनस्र्थापन गृह, गुलरिया बर्दिया, आमकास नेपाल, बर्दिया, मानव अधिकारका लागि महिला एकल र माइती नेपालको समन्वयमा जन प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, नेपाल प्रहरी र संचारकर्मी लगायतको सहभागितामा भएको हो ।

उक्त कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष सावित्रा गौतम, शान्ति पुनस्र्थापन गृहका प्रमुख सपना शर्मा र आमकास नेपाल बर्दियाका अध्यक्ष संगिता महोतरा लगायतले गाउँघरमा हुने झै झगडा, मानव बेचविखन र बालविवाह लगायतका महिला हिंसा विरुद्ध सवै सचेत भई लाग्नु पर्ने र यदि त्यस किसिमको कार्य भएको थाहा भएमा वडा कार्यालय वा प्रहरी कार्यालयको १०० नम्बरमा छरछिमेकि कसैले पनि खबर गरी हिंसा रोक्न सकिने बताउनु भयो ।

कार्यक्रम ५ नं. वडा कार्यालय अन्र्तगत रहेको मातङ्गी चोक देखि शुरु भई स्थानीयवासीको घर हुँदै वडा कार्यालयमा गई समापन भएको थियो ।

189 Views
%d bloggers like this: