१४ माघ २०८०, आईतवार

ताजा खबर

सरकारको निर्णय जनइच्छा विपरित छ – अभियन्ता रिजाल

   २१ माघ २०७८, शुक्रबार १५:४१ प्रकाशित

सरकारले केहि दिन अघि अस्पताल व्यवस्थापन समिति खारेज गरेर समिति पुर्नगठन गर्न गरेको निर्णय जनइच्छा विपरित भएको कुरा बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ निवासी सामाजिक अभियन्ता ज्ञानुमाया रिजालले व्यक्र्त गर्नु भयो ।
उहाँका अनुसार, समिति गठन भई अवधि पुरा नहुँदै खारेज गर्नु राम्रो होईन, यो सरासर अन्याय हो । समितिले कुनै अनैतिक कार्य गरेर खारेज गर्नु ठिकै हो, तर समितिले सबै राम्रै काम गर्दा पनि सरकारले आफुखुसी खारेज गर्नु र्दुभाग्य पुर्ण हो । बर्दिया अस्पताल व्यवस्थापनमा अंगद श्रेष्ठको काम सरहानीय थियो ।
अभियन्ता रिजाल भन्नुहुन्छ, एउटा सच्चा ईमान्दार व्यिक्तले राम्रो स्थान नपाउने हो त ? यस्तै हो भने कसरी हुन्छ देशको बिकास अनि ठाउको, गाउँको बिकास ? बर्दिया अस्पताललाई लुम्बिनि प्रदेशको उत्कृष्ठ अस्पतालको रुपमा पुरस्कृत बनाउन सफल अस्पताल व्यवस्थापन समितिका तत्कालीन अधयक्ष युवा नेता अँगद श्रेष्ठलाई नै समिति पुर्नगठन गर्दा प्रदेश सरकारले पुर्नवहाली गर्नुपर्ने अस्पतालका कर्मचारी लगायत बर्दिया बासीको माग छ ।
बर्दिया अस्पतालमा दुई बर्षमै भएको भौतिक संरचना लगायतका विकास निर्माण, सरसफाई, अस्पतालले दिने सेवामा सुधार लगायतको कार्यहरु अस्पताल व्यवस्थापनको अध्यक्षमा श्रेष्ठ भएको कारण भएको भन्दै अभियन्ता रिजालले समिति पुर्नगठन हुँदा अध्यक्ष श्रेष्ठलाई नै बनाउन दबाब सिर्जना गर्न बर्दियाबासीहरु सबैले सहयोग गर्न अनुरोध गर्नुभयो ।

392 Views
%d bloggers like this: