७ माघ २०८०, आईतवार

ताजा खबर

बेपत्ता भएकी बालिकाको लखनऊबाट उद्दार

   १३ फाल्गुन २०७८, शुक्रबार १४:५३ प्रकाशित

बर्दिया,  जिल्लाको मधुवन नगरपालिकाबाट हराई बेपत्ता भएकी बालिकालार्ई भारतको लखनऊबाट उद्दार गरिएको छ ।

उक्त नगरपालिका बस्ने बर्ष १६ कि बालिका हराइ बेपत्ता भएको प्रहरी कार्यालयमा सुचना प्राप्त भएपछि निज बालिकाको निरन्तर खोजतलास तथा अनुसन्धान पश्चात लखनऊमा रहेको भन्ने विशेष सुचनाको आधारमा लखनऊबाट उद्दार गरिएको हो ।

फागुन ६ गते शुक्रबार राति ९ बजेको समयमा बेपत्ता भएकी बालिका फागुन ११ गते बुधबार लखनऊमा रहेको सुचना पाएपछि मधुवन नगरपालिकाका नगर प्रमुख कृष्ण के.सी., जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेल र समाज सेवी मनोज कुमार यादवको टोलीले लखनऊ गई निज बालिकालाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय बर्दियामा ल्याइएको कुरा जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भईरहेको छ ।

178 Views
%d bloggers like this: