७ माघ २०८०, आईतवार

ताजा खबर

संरक्षणक्षेत्रमा प्रविधिको प्रयोग गरौं

   १७ श्रावण २०७६, शुक्रबार ०९:१३ प्रकाशित

प्रशान्त टण्डन
गुलरिया, बर्दिया । एक्काईसौं शताब्दीको शुरुवात संगै हरेक क्षेत्र र स्थानमा सुचना प्रविधिको प्रयोग दिन प्रतिदिन बृद्धि भैरहेको सबै माझ थाहा भएकै कुरा हो । बर्दिया जिल्लाको गौरवको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुन्जमा पनि केही हद सम्म नयाँ प्रविधिको प्रयोग द्वारा बाघ, गोही लगायतका बन्यन्जन्तुहरुको अनुगमन कार्य भैरहेको पाईन्छ ।
सरकारको स्पष्ट निति तथा स्थानिय सरकारको ध्यानमा समेत आधुनिक प्रविधिहरु नपरेको हुनाले हामी वन्यजन्तु संरक्षणमा आशातित स्थान हासिल गर्न सकेका छैनौ । केही महिना पहिले उच्च गतिमा आएको गाडीको ठक्करबाट बयस्क बाघ घाइते भयो । यो त उदारहण मात्र हो । यस्ता बन्यजन्तुका घटनाहरु राजमार्गमा दिन दिनै भईरहेको छ । मानव र वन्यजन्तु विचको द्वन्दले विभिन्न घटनाहरु घटीरहेका छन ।
मानव र बन्यजन्तु विच हुने घटनाहरुलाई न्युनिकरणको लागि सकेसम्म सुचना प्रविधिको यथेष्ट प्रयोग गर्नु उपयुक्त हुन्छ । बन्यजन्तु ओहोर दोहोर गर्ने स्थानहरुमा डिजिटल सुचना पाटी, तिव्र गतिमा सवारी साधन गुड्ने स्थानमा गति मापन हुने गरी फोटो खिच्ने क्यामरा, निकुन्ज भित्र पैदल रुपमा हिड्ने पर्यटकहरुमा जिपिएस ट्रयाकिङ्ग प्रविधि लगायतका प्रविधिहरु प्रयोग गरीएमा बन्यजन्तु हुने घटना न्युनिकरणमा केही हदसम्म टेवा पुग्न सक्छ ।
प्रविधिको प्रयोग द्वारा निकुन्ज प्रवेश द्वारमा डिजिटल सुचना पाटी भएमा आउने जाने पर्यटक लगायत स्थानियहरुले निकुन्ज भित्र वा बाहिर अपनाउनु पर्ने सावधानी के के हुन, वन्यजन्तु संरक्षण गर्न कसरी सकिन्छ लगायतका धेरै जानकारी मुलक सुचनाहरु सजिलै थाहा पाउन सजिलो हुन्थ्यो । निकुञ्ज भित्र पर्ने सडक खण्डमा रहेका चेक प्वाईन्ट हरुमा वन्यजन्तु संग भएका सवारी र्दुघटना हुदा हुने क्षति के कस्तो हुन्छ कानुनले कस्तो सजाय दिन्छ भन्ने जानकारीमुलक भिडियो सहितको डिजिटल बोर्ड राखिएमा सवारी चालक, सहचालक तथा गाडी धनीहरुमा चेतना बिकास भई घटनाहरु न्युनिकरणमा धेरै कमी हुनसक्ने देखिन्छ ।

127 Views
%d bloggers like this: