७ माघ २०८०, आईतवार

ताजा खबर

गुलरिया अस्पतालकी डाक्टर विन्दु पाण्डे सहित स्टाफ नर्श सम्मानित

   १८ श्रावण २०७६, शनिबार १९:३० प्रकाशित

 

विष्णु तिमिल्सिना
गुलरिया । बर्दिया जिल्ला अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीलाई महिला स्वास्थ्य क्षेत्रमा संवेदनशील भई स्वास्थ्य सेवामा योगदान पु¥याए वापत महिला सहकारी संस्थाद्धारा सम्मान गरिएको छ ।
सुनौलो महिला बहुउद्धेश्य सहकारी संस्था लिमिटेड गुलरियाले निक्साईमन संस्थाको सहयोगमा बर्दिया अस्पतालमा कार्यरत डाक्टर विन्दु पाण्डे र बर्दिया अस्पतालका स्टाफ नर्स सुमित्रा खड्का लाई एक समारोह बिच महिलाहरुको स्वास्थ्य उपचारमा संवेदनशील भई सेवा गरेवापत सम्मान गरेको छ । साथै उक्त संस्थाले संस्थाका सदस्यहरुलाई एक दिने सहकारी शिक्षा व्यवस्थापन तालिम दुई चरण गरी सम्पन्न गरेको छ ।
उक्त तालिममा १ सय ५० जना महिला सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा प्रदेश नं.५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका सहकारी तालिम अधिकृत नारायण बेलबासेले सहजीकरण गर्नु भएको संस्थाका अध्यक्ष इन्द्रिरा सुवेदीले जानकारी गराउनु भयो ।

189 Views
%d bloggers like this: