१४ माघ २०८०, आईतवार

ताजा खबर

गुलरिया स्थित ईदगाहमा बकराईद (तस्विर)

   २७ श्रावण २०७६, सोमबार १४:१६ प्रकाशित

संजय आचार्य
बर्दिया । इस्लाम धर्मावलम्बीहरुले दोस्रो पर्व इदउल अजहा (वकराइद) गुलरीया स्थित बालमन्दिर नजिकैको इदगाहमा सामुहिक नमाज पढेर शुभकामना साटासाट गर्दै मनाएका छन् । बिशेष वलिदानको पर्वको रुपमा मनाईने यो पर्वले गुलरियामा चहलपहल समेत बढेको छ ।


गुलरिया नगरपालिका वार्ड नम्वर ५ मा रहेको इदगाहमा इस्लाम धर्मावलम्बीहरुले विहानै सामूहिक नमाज पढेर एक अर्कासँग अंगालो मार्दै पर्व मनाउन शुरु गरेका हुन् । सोमवार विहान ९ बजे उनीहरुले इदगाहमा सामुहिक नमाज पढेका छन् । सोमवार देखी बुधवार तिन दिन सम्म मनाईने यो पर्व हज र कुर्वानी (बली) गर्नुपर्ने प्रमुख विषेशता रहेको छ । बकरइदमा इस्लाम धर्मावलम्बीहरुका लागि हज र कुर्वानी अनिवार्य भएकोले मुस्लिम समुदायले इदगाहमा नमाज पढेपछि क्षमता अनुसारको पशुबली (कुर्वानी) दिने प्रचलन रहेको इदगाहका इमाम तारिक मुवारक अलिले बताउनु भयो । मुस्लिम समुदायले ठाउँ अनुसार यो पर्वमा राँगा, खसी बाख्रा, भेडा र उटको कुर्वानी दिने चलन छ । कुर्वानी दिएको जनावरको मासु तीन भाग लगाएर एकभाग परिवारमा, एकभाग आफन्त छरछिमेकमा र एकभाग विपन्न तथा गरिवलाई बाँड्नुपर्ने प्रचलन रहेको मुस्लिम अगुवा मोहम्मद नसिम हल्वाइ बताउनुहुन्छ ।


यो पर्व मनाउन सोमवार विहानै देखि गुलरिया र आसपासका ग्रामीण क्षेत्रबाट आएका मुश्लिम धर्माबलम्बीहरुको घुइँचो देखिन्थ्यो । उनीहरुले एक आपसमा बकरा ईदको अवसरमा इदमुबारक भन्दै एक आपसमा अँगालो मारिरहेका देखिन्थे । स्थानीय आमिर हसनका अनुसार बकराइदको नमाज पढेलगत्तै गरिब, टुहुराहरुलाई दान दिने र खानेकुरा खुवाउने गरिन्छ । मुस्लिम समूदायले यसपर्वका अवसरमा साउदीको मक्का मदिनामा हज गर्न जाने गर्दछन ।

448 Views
%d bloggers like this: