७ माघ २०८०, आईतवार

ताजा खबर

बर्दियामा मनाईयो हात्ती दिवस

   २७ श्रावण २०७६, सोमबार १५:२७ प्रकाशित

यादव आचार्य
बर्दिया । सोमवार विश्वभर आठौ अन्र्तराष्ट्रिय हात्ती दिवस मनाईदै छ । नेपालका निकुञ्ज, संरक्षणक्षेत्र लगायत मध्यवर्ती तथा सामुदायिक बनहरुले पनि विविध कार्यक्रम गर्दै हात्ती दिवस मनाएका छन् । हात्ती संरक्षणका लागि सचेतनासँगै मानव—हात्तीबिच सहअस्तित्व राख्ने उद्देश्यले दिवस मनाउन थालिएको हो ।
विश्वस्थितीमा संकटापन्न अवस्थामा रहेका हात्तीहरु नेपालमा एसियन प्रजातीका पाईन्छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय भन्दा बढी जंगली हात्ती रहेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए । हात्ती संरक्षणका लागि मानवसँगको द्वन्द र हात्तीको आहारा ब्यवस्थापन मुख्य चुनौतीहो । यिनको ब्यवस्थापन गर्न सके दीगो हात्ती संरक्षणमा टेवा पुग्छ ।
हात्ती दिवसका अवसरमा निकुञ्ज, मध्यवर्तीक्षेत्र, चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम लगायत स्थानिय उपभोक्ता तथा संघसस्थाहरुले विभिन्न चेतनामूलक कार्यक्रम गरी हात्ती दिवस मनाएका छन् । हात्ती सम्वन्धी डकुमेन्ट्रि प्रर्दशन गरिएको छ । दिवसकै अवसरमा निकुञ्जका हात्तीसारमा रहेका हात्तीहरुलाई फलफुल लगायत मिष्ठान्न भोजन गराईएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बताए । उनले भने हात्ती संरक्षणका लागि दिवसले समुदायमा सचेतना दिलाउन मद्दत पुग्छ ।
सरकारले बाघ, गैंडा लगायतका बन्यजन्तु संरक्षणमा चाँसो देखाएपनि हात्ती संरक्षणका लागि कुनै चाँसो दिएको पाईदैन । निकुञ्जमा रहेका जंगली हात्तीको अध्ययन, अनुसन्धान लगायत अनुगमनको काम नहुँदा जंगली हात्ती संरक्षण कार्य प्रभावित बन्दै गएको पाईन्छ ।

81 Views
%d bloggers like this: