७ माघ २०८०, आईतवार

ताजा खबर

मुक्तकमैया माथी भुमिसुधारको हेलचक्राई

   २२ भाद्र २०७६, आईतवार २१:४१ प्रकाशित

यादव आचार्य
गुलरिया । मधुवन नगरपालिका वडा नम्वर ४ भगतपुर स्थित धनौरा फाँटा निवासी मुक्तकमैया परिवारकी सुस्मा चौधरी पटक पटक मालपोत तथा भुमिसुधार कार्यालय गुलरिया बर्दियामा धाउँदा धाउँदा दिक्क छिन् । मुक्तकमैयाको परिचय पत्रमा तत्कालिन भुमिसुधार कार्यालयले काठ वापतको पाउनु पर्ने १ लाख रुपैया रकम भुक्तानी नदिईकन प्राप्त गरेको भनी सहीछाप गरिदिएपछि उनी झनै तनावमा परेकी छिन् ।
सरकारले ३५ क्विफिट काठ बापत दिने भनेको १ लाख रुपैया भुक्तानी नदिँदै परिचय पत्रमा तत्कालिन भुमिसुधार कार्यालयले रकम प्राप्त गरेको भनी उल्लेख गरेको थाहा पाएपछि झसङ्ग भए चौधरीले भनिन् । लेखपढ गर्न आउँदैन रकम नपाएको जानकारी गराउन धेरै पटक कार्यालयमा पुगे कुनै कर्मचारीले वास्ता नै गरेनन् उनले गुनासो गरिन् ।
काठ बापतको रकम नपाउँदा घर बनाउन पाएका छैनौ । बर्दियामा अधिकांस मुक्तकमैयाहरुले जमिन प्राप्त गरेपनि घर बनाउने ३५ क्विफिट काठका लागि १ लाख रुपैया रकम पाउन सकेका छैनन् । उनले थपिन् मजदुरी गरेर खाने हामी मुक्तकमैया परिवारहरु पटक पटक यसरी कार्यालय धाउनु पर्दा हैरान भयौं । कुनै पुर्वाग्रह नराखी हामीलाई काठ बापतको रकम दिलाई दिनु पर्यो उनले भनिन् ।
एक्काईसौ शताब्दीको दासप्रथाको अवशेषका रुपमा रहेको कमैयाप्रथा मालिकको दासत्वबाट मुक्त भएको दुई दशक वितिसक्दा पनि सरकारको दासत्वबाट मुक्तहुन सकेका छैनन् । पुर्नस्थापनका नाउँमा पटकपटक कार्यालय धाएका उनीहरु दशकौं वितिसक्दा पनि आफ्ना अधिकार नपाउँदा सरकारबाटै दासबन्न बाध्य भएको महशुस गर्न थालेका छन् ।
भूमिसुधार कार्यालयले मुक्तकमैयाहरुको बैंक खातामा पैसा पठाएको रेकर्ड समेत भेटिँदैन । परिचय पत्रमा तत्कालिन भुमिसुधार कार्यालयले काठका नाउँमा त्रुटी गरेको प्रष्ट देखिन्छ । साविक ढोडरी गाउँविकास समिति हाल मधुवन नगरपालिका स्थित धनौरा फाँटाका १७ जना मुक्तकमैया परिवारलाई ३५ क्विफिट काठ वापतको १ लाख रुपैया दिईएको भन्दै कार्डमा हस्ताक्षर गरिएको प्रति पिडित मुक्तकमैया बैजराम थारुले दुःख ब्यक्त गरे ।
उनले भने मालिकबाट ठगिएका हामीलाई सरकारले पनि ठग्यो । कमैयाप्रथा उन्मुलन भएको दशकौं वितिसक्दा पनि राज्यबाट पाउनु पर्ने सुविधाहरु पूर्ण रुपमा पाउन सकेनौ । उनले गुनासो गरे पुर्नस्थापनको लागि सरकारले मुक्तकमैया परिवारलाई जमिन, घर बनाउने काठ, ढुवानी तथा घर बनाउने रकम दिने भनिएता पनि हामीले अझै पाएनौ ।
धनौरा फाँटामा बसोबास गर्ने ६६ परिवार मध्ये ४९ जनाले काठ पाएको मुक्तकमैया धनौरा फाँटा काठ वितरण समितिका अध्यक्ष श्यामलाल थारुले भने । मुक्तकमैयाका नाउँमा आएको काठ वितरण गरेर नपुगेपछि १७ जना परिवार काठ पाउनबाट बञ्चित भएका हुन् । उनले थपे सबै मुक्तकमैयाहरुले काठ आउनुपूर्व नै भरपाईमा सहीछाप गरेकोले भुमिसुधारले कार्डमा काठ बापतको १ लाख रुपैया प्राप्त गरेको भनी उल्लेख गरिदिएको हो । काठ नपुगेपछि उनीहरुले काठ नपाएका हुन् ।
मुक्तकमैया पुर्नस्थापन समिति र तत्कालिन भुमिसुधार कार्यालयको अभिलेख अनुसार बर्दियामा पहिलो पटक १६ हजार २ सय ६५ जना मुक्तकमैयाहरुको लगत संकलन गरिएको थियो । जसमध्ये ११ हजार ८ सय ७५ जना मुक्तकमैया पहिचान भए । जसमध्ये १० हजार ७ सय ९७ जनाले परिचय पत्र प्राप्त गरेका हुन् । जिल्ला मालपोत कार्यालय बर्दियाका अनुसार ६५ जना मुक्तकमैया परिवारहरु अझै पुर्नस्थापन हुन बाँकी छन् ।
बर्दियामा ३ सय १३ जनालाई २ हजार, ५ सय ५० जनालाई १० हजार र ३ सय ६६ जनालाई काठ वापतको १ लाख रुपैया भुक्तानी दिन बाँकी रहेको मालपोत अधिकृत भिम बहादुर खत्रीले बताए । उनले भने बर्दियामा पुर्नस्थापनको लागि ४ करोड ९७ लाख रुपैया आवस्यक बजेट मन्त्रालयसँग प्रस्ताव गरेका छौं । बजेट समयमै प्राप्त भए पुर्नस्थापनको सबै काम यसैबर्ष सक्छौ उनले भने ।
अन्नपूर्ण पोस्ट्बाट …..

74 Views
%d bloggers like this: