७ माघ २०८०, आईतवार

ताजा खबर

बालबिवाह नियन्त्रण गर्न सञ्जाल

   २९ भाद्र २०७६, आईतवार २१:३५ प्रकाशित

 

बर्दियान्यूज
गुलरिया । बर्दियाको सदरमुकाम गुलरियामा बालविवाह न्युनिकरणका लागि सञ्जाल गठन गरिएको छ । दलित महिला उत्थान संघ केन्द्रिय कार्यालय गुलरिया बर्दियाको कार्यक्रम अनुसार नगर स्तरिय सञ्जाल गठन गरिएको हो ।
सञ्जालको अध्यक्षयमा चन्द्रा चन्द, उपाध्यक्ष शान्ता वि.क, सचिव कृष्णा गौतम्, कोषाध्यक्ष दुर्गा रावल र सहसचिवमा अनिता थापा छन् । त्यस्तै सदस्यहरुमा यादव आचार्य, डिल्ली प्रसाद उपाध्याय, शिला शाह, अनिता परियार, रिबेका आचार्य, विष्णु तिमिल्सिना, दिपीका रजवारा, निरज यादव, आदित्य भुर्तेल, बालकृष्ण ओली, मोहम्मद कमालुद्दिन, तिवारी यादव, कमला घिमिरे, रेखा राईन, कुमारी गीता र फुलकुमारी थारु छन् ।
सञ्जालको सल्लाहकारमा गिता बस्नेत, जयन्ती श्रेष्ठ, विष्णु शर्मा चयन भएको दलित महिला उत्थान संघ बर्दियाकी संयोजक पारुल के.सी.ले जानकारी दिईन् । उनले भनिन् संस्थाले आयोजना गरेको कार्यक्रममा हिन्दु धर्मका गुरु डिल्लीप्रसाद उपाध्याय, मुस्लिम धर्मका मौलाना मोहम्मद कमालुद्दिन र क्रिष्चियन धर्मकी पास्टर रिबेका आचार्यले आफ्ना आफ्ना धर्ममा बालविवाहको ब्यवस्थाका बारेमा जानकारी गराउनु भएको हो ।
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष यादव आचार्य, नागरिक समाज सञ्जालका संयोजक वालकृष्ण ओली लगायत गैरसरकारी संस्था महासंघका अध्यक्ष विष्णु तिमिल्सिनाले मन्तब्यका क्रममा बालविवाह न्युनिकरण गर्न सबै समुदाय एकजुट हुनु पर्नेमा जोड दिएका छन् । कार्यक्रम संस्थाकी अध्यक्ष भिमा विकको अध्यक्षतामा सम्पन्न भएको छ ।

84 Views
%d bloggers like this: