बर्दियान्युज । वडादशैको अवसर पारेर बर्दियाको सदरमुकाम गुलरियामा रामायणको चरित्रमा आधारित रामलीला प्रर्दशनी शुरु गरिएको छ । युवापुस्तामा सनातन धार्मिक परम्पराको बोध गराउँदै धार्मिक सहिष्णुता कायम गर्न रामलीला प्रर्दशन गरिएको हो ।
गुलरिया स्थित बसपार्क नजिकै रहेको आँपबगैचामा नवरात्र भर रामलीला प्रर्दशन शुरु भएको छ रामलीला मूल समारोह समितिका अध्यक्ष मनोज यादवले भने । गुलरिया नगरपालिका, स्थानिय ब्यवसायी, उद्योग बाणिज्य संघ, नागरिक सबैको सहयोगमा रामलिला आयोजना गरिएको हो ।
घटस्थापना देखि नौ दिन सम्म रामको चरित्रमा आधारित रामलिला विजयादशमीको दिन रावणको वध गर्दै समापन हुन्छ । उनले थपे रामलीला प्रर्दशनको लागि भारतको अयोध्याबाट कलाकारहरु झिकाईएको छ । समग्र कार्यक्रमका लागि करिव ८ लाख रुपैया खर्च हुने हामीले अनुमान गरेका छौं । बेलुकी ७ बजेदेखि प्रर्दशन शुरु गरिने रामलीला करिब ५ घण्टा सम्म प्रर्दशन हुन्छ । दशैका अवसरमा आयोजित रामायण कथामा आधारित धार्मिक नाट्य चरित्रलाई तराईमा महत्वका साथ लिने गरिन्छ ।