दीपक शर्मा
लकडाउनको समयमा आम नागरिक घरमै सुरक्षित तरिकाले वसीरहेका बेला बर्दियाको केही व्यक्ति भने कमाउ धन्दामा लागेको रहस्य खुलेको छ ।
भारतबाट आयात हुने सामानमा रोक लगाएको बर्दियामा कमिसनको खेलमा रातको समयमा भारतबाट भित्रिएका सामानलाई फर्जि विल बनाई बर्दियामा भने पैसा कमाउने खेलो गरेको पाईएको छ केहि ठुला व्यापारीको लागी भने पैसा कमाउने खेलो गरेको पाईएको छ । यसको प्रत्यक्ष फाईदा नेपाल प्रहरी र जिल्ला प्रशासनका केहि कर्मचारीका लागी सहज भएको भनि एक स्थानिय व्यापारी बताएका छन् । । उनिहरुलाई लकडाउनको समयमा भारतबाट सामान ल्याइदिनमा सहयोग गरेवाफत ठुलै रकम बुझाउने सम्झौता भएको छ । त्यो सम्झौता मौखिक भएको वुझिएको छ ।
त्यहि मौखिक सहमति अनुसार नै ति व्यक्तिले व्यापारीका लागी दिउसोको समयमा सम्भव नभएपछि रातिको समया बाटो खाली गर्न लगायर सम्वन्धित व्यापारीकहा सामान पुरयाइदिने गरेको पाइएको हो ।
साना तिना व्यापारीलाई नेपालगञ्ज लगायतका स्थानबाट सामान खरिद गरी ल्याउन तथा आउ जाउमा प्रतिवन्ध लगाइएको छ ।
बर्दिया स्थित सुरक्षा निकायको केहि दिन अघि वसेको बैठकले भारत तथा छिमेकि जिल्ला बाके वाट इन्धन , औषधि बाहेक अन्य सामान आयातमा रोक लागाउने निर्णय गरेको थियो । तर त्यो निर्णय आम सर्वसाधारण नागरिक र साना व्यापारीहरुका लागी मात्रै सावित भएको छ । ठुला व्यापारीका लागी तरकारी मात्र होइन ईटटा भटटाका लागी कोर्ईला समेत भारतबाट बर्दिया ल्याइने गरेको पाइएको छ ।
केहि दिन पहिले राजापुरका एक व्यापारीका लागी आलु तथा प्याज ल्याईदिएर गुण लगाएका व्यक्तिले अहिले ईट्टा भटटा मालिकका लागी गुण लगाउने कार्य गरेको छ । प्रशासन र बर्दियाका नागरिकका आखा माथि छारो हालिरहेका बेला संञ्चारकर्मिहरुले त्यसरी सामान आइरहेको छ भन्ने खवर पाएलगत्तै खवरदारी गरेका कारण ति सामान सहित ट्रक लाई प्रहरी प्रशासनले फिर्ता पठाउने गरेको छ ।
गुलरिया नगरपालिकाको लालपुरमा भारतबाट २०७७ जेष्ठ १ गते भन्सार निकासी भई २०७७ जेष्ठ २ गते भन्सार जाचँपास भई भित्रिएको हिमालि ईट्टा उद्योग र यादव ईट्टा उद्योगको नाममा यु पि ७८ डि जे ३२४० र यु पि ४२ ए टि १५४७ नम्बरको ट्रकमा कोईला ढुवानि गरेका तथा सेनिटाईज गरिएको प्रमाणपत्र नभएको अवस्थामा बर्दियाका बिभिन्न नाकाबाट बेरोकरोक आउदै गरेको अवस्थामा संचारकर्मिले फेला पारेका छन ।
ट्रक तथा समानहरु कसरी बिना अनुमति जिल्ला भित्रिय भनि प्रश्न गर्दा दादागिरी शैलिमा सम्बन्धित भट्रटाका कर्मचारीले संचारकर्मिलाई धम्क्याई ट्रक लैजादा स्थानिय प्रशासन मौन रहेको छ । स्मरण रहोस मिति २०७७ जेष्ठ १ गते देखि लागु हुने गरी सबै खाले पास गृह मन्त्रालयले खारेज गरेको छ ।
केहि दिन अघि नेपालगञ्जबाट नक्कली विल बनायर भारतबाट ल्याइएको आलु प्याज ट्रक बोकेको लाई फिर्ता पठाइएको भनेको जिल्ला प्रहरी कार्यालय बर्दियाले भने यस पटक केही बोलेको छैन
बिना पास कसरी ति ट्रकहरु बिना चेकजाँच जिल्ला भित्रिए भनि खोजबिन गर्न जरुरी रहेको छ ।