गुलरिया, स्थानीय कृषकहरुबाट उत्पादन गरिएका तरकारी विक्रि नहुँदा र सरकारले बाहिर पठाउन सहजीकरण नगरी दिँदा किसानहरु मर्कामा परेका छन ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. ५ बालापुरका किसानहरुको तरकारी विक्रि नभई बारीमै सड्ने अवस्थामा पुगेकोले बबई कृषक सहकारी संस्था मार्फत सेयर सदस्य कृषकहरुले तरकारी संकलन गरी गुलरिया वडा नं. ५ र ६ का उपभोक्ताहरुलाई निशुल्क वितरण गरेको छन । वितरण गरेको तरकारीहरु मा १७ क्वीन्टल टमाटर, लौका, भिंडी, खुर्सानी १/१ क्वीन्टल र बोरी ७५ किलो रहेको कुरा सो संस्थाका उपाध्यक्ष काली प्रसाद चौधरीले जानकारी गराउनु भयो।
तरकारी अन्य जिल्लामा लैजानका लागि प्रशासनबाट पास (स्वीकृति) नपाएका कारण तरकारी सड्ने अवस्थामा पुगेकाले उपभोक्तालाई पनि राहत पुगोस भन्ने उद्धेश्यले वितरण गरिएको उहाँले बताउनु भयो ।
तरकारी खपत नहुदा किसान मर्कामा
207 Views