राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दिया कि नेतृ तथा गुलरिया नगरपालिका वडानम्बर ७ कि वडा अध्यक्ष गिता बस्नेत राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिको सदस्यमा मनाेनित भएकी छिन । हिजो भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकमा पार्टीका तीन अध्यक्ष कमल थापा, पशुपति शमशेर जबरा र प्रकाश चन्द्र लोहनीको निर्णय अनुसार नेतृ बस्नेत उक्त समितिको सदस्यमा मनोनीत भएकी हुन। लामो समयसम्म पार्टीको राजनीति गरेकी नेतृ बस्नेत हाल गुलरिया नगरपालिकाको कार्यालय वडा नम्बर ७ कि वडा अध्यक्ष पनि हुन। मनोनीत भएपछी पार्टीको हित हुने गरि कार्यसम्पादनमा लागि पर्ने र पार्टीले दिएको जिम्मेवारी को पुर्णरुपमा पालना गर्ने नेतृ बस्नेतले बताएकी छिन।
141 Views