२१ माघ २०८०, आईतवार

ताजा खबर

ग्याँस सिलिण्डर वितरण नगरि स्वरोजगार र उत्पादनमुखी कार्यमा रकम खर्च गर्न माग

   ८ श्रावण २०७७, बिहीबार २१:५३ प्रकाशित

गुलरियामा स्थानियले युवाहरुलार्ई स्वरोजगार बनाउन विभिन्न व्यवसाय, पशुपालन तथा कृषिमा आवद गराउन बजेट विनियोजन गर्न जोडदार माग गरेका छन । गुलरियाका केही वडाले अघिल्लो आर्थिक वर्षमा बजेटको ठुलो हिस्सामा ग्याँस सिलिण्डर वितरणमा खर्च गरेका  थिए तर अधिकांश व्यक्तिहरुले प्रयोग गर्न नसकेको, प्रयोग विहिन बनेको भन्दै गुलरिया नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन । जनप्रतिनितीहरुले विकास बजेट बाट उत्पादित कार्य भन्दा पनि अनुत्पादित कार्यमा ठूलो धनरासी आफुखुसी खर्च गर्न लागेको र जनतालाई आत्मनिर्भता भन्दा पनि भोटको खेती गर्न खोजेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।  जनप्रतिनिधीले आफ्नो भोट बैक स्थापना गर्न खोजेको महशुश गर्दै यस असान्दर्भिक र अर्थहिन योजना निर्माण कार्यप्रति घोर आपति जनाउदै योजना परिवर्तन गर्न जोडदार माग गरेको सृजनशिल कृषी शहकारी संस्थाका तारा वहादुर सुनार लगायत ६२ जनाको हस्ताक्षरित ज्ञापन पत्रमा बताइएको छ ।
गुलरिया नगरपालिकाकी उप प्रमुख शुशिला गीरीलाई ज्ञापन पत्र बुझाइएको हो । सरकार जनताको सर्वाेत्तमहित र अधिकारको पक्षमा अधिकारमुखी विकासको पद्दतिमा योजना निर्माण तथा कार्यान्वयन गरिरहेको सन्दर्भमा हाल गुलरिया नगरपालिकाका केहि वडाहरुले विकासको बजेट  ५०% रकम राहातमुखी पद्दति अनुरुप ग्याँस सिलिण्डरको योजना बनाई नगर परिषद् बाट समेत पास गराएको सुन्दा त्यसको विरुद्धमा सचेत नागरिकहरुको ध्यानाकर्षण भएको हो । उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ । हाल कोभिड १९ का कारण सयौंको संख्यामा भारत तथा अन्यमुलुकबाट युवाहरु गाउँघरमा फर्किएका छन् । ठूलो संख्यामा  गाउँमा फर्किएको बेरोजगार जनशक्तिलाई सिप मुलक तालिम प्रदान गरी रोजगारी तर्फ उन्मुख गराउन वडा सरकारको पहिलो प्रथामिक्ता हुनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

113 Views
%d bloggers like this: