बर्दियामा कर सहायता कक्ष स्थापना गरिएको छ । बर्दियाको गुलरियामा रहेको कर सेवा कार्यलयमा उद्योग बाणिज्य संघ जिल्ला समन्वय समिती बर्दियाले उक्त कर सहायता कक्ष स्थापना गरेको हो । बर्दिया जिल्लाका ८ ओटै स्थानिय तहमा रहको उद्योग बाणिज्य संघ अन्तर्गत रहेको उद्योगी व्यापारीहरुले कर तिर्नका लागी कर सेवा कार्यलयमा आउने हुनले तीनीहरुलाई थप सल्लाह तथा सहयोगका लागी करसेवा कार्यलयमा उद्योग बाणिज्य संघ जिल्ला समितीले कर सहायता कक्ष राखेको उद्योग बाणिज्य संघ गुलरियाका अध्यक्ष विर बहादुर चौधरीले जानकारी दिनु भयो । जिल्ला समन्वय समिती बर्दियाका प्रमुख शंकर थारुको उपस्थितीमा भएको उक्त कार्यक्रममा बढैयाताल, बाँसगढी, मधुवन, गुलरिया लगायत स्थानिय तहका उद्योग बाणिज्य संघका अध्यक्षहरुको उपस्थिती रहेको थियो । बर्दिया जिल्लाका व्यवसायिलाई कर तिर्न बाँके जानु पर्ने बाध्यता हटाउन कार्यलय स्थापना भएको भन्दै सहायता कक्ष स्थापनाले सेवागा्रहीलाई अवश्यक जानकारी, कर तिर्न अवश्यक कागजी प्रक्रियाको सल्लाह तथा सहयोग पुग्ने बताइएको छ ।
उद्योग बाणिज्य संघ जिल्ला समन्वय समिती बर्दियाद्धारा कर सहायता कक्ष स्थापना
बर्दिया न्युज,
२५ भाद्र २०७७, बिहीबार २१:०७ प्रकाशित