बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ को संख्या बृद्धि भए सँगै बाघको आतंक पनि बढदै गएको छ ।
गत सोमबार राजापुर नगरपालिका वडा नं. १० कालावन्जारका ६५ बर्षिय लालबहादुर चौधरीलाई भैंसी चराउन गएका बेला गेरुवा गाउँपालिका ६ बाझपुरको नौलो वास सामुदायिक नर्सरी वाट बाघले झम्टेर जंगलभित्र लगि मारेको स्रोतले जनाएको छ ।
स्मरण रहोस्, करिब दुई महिना अघि मोटरसाइकलमा सवार कैलालीको लम्कीकी एक महिलालाई पनि बाघले झम्टेर ज्यान लिएको थियो ।
बाघले विभिन्न स्थानमा विभिन्न समयमा मानिसमाथि आक्रमण गरी मानिसको ज्यान लिन थालेपछि निकुञ्ज आसपासका गाउँहरु लगायतमा आतंक बढेको देखिन्छ ।
168 Views