४ आश्विन २०७८, सोमबार

ताजा खबर

साम्राज्ञीको आरोप सेलाउन नपाउँदै भुवन फेरि विवादमा मुछिए।

   २१ असार २०७७, आईतवार १५:३१ प्रकाशित

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले निर्माता तथा अभिनेता भुवन केसीले आफूमाथि ‘घिनलाग्दो व्यवहार’ गरेको आरोप लगाइन् ।

साम्राज्ञीले ५ वर्षअघि फिल्म ‘ड्रिम्स’ मा काम गर्ने क्रममा भुवनले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाइकि हुन । उनले सामाजिक संजालमा एक भिडियो शेयर गर्दै शुरुका ३ वटा फिल्ममा अभिनय गर्दा ‘नराम्रो व्यवहार’ भोगेको बताएकी थिइन् ।

उनको आरोपपछि भुवनले सामाजिक सञ्जाल फेसबूकमार्फत ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आपत्ति जनाएका थिए ।

भुवनको उक्त अभिव्यक्तिपछि साम्राज्ञीले पुनः अर्को भिडियो सार्वजनिक गर्दै भुवनबाट ‘घिनलाग्दो व्यवहार’ को शिकार भएको बताएकी थिइन् । उनले भुवनलाई ‘पर्भट’ भएको बताएकी थिइन् ।

साम्राज्ञीले भुवनमाथि जापानमा आयोजना गरिएको अवार्ड समारोहका बेला नजिक टाँसिन आएर ‘तँ त मेरो प्रडक्ट होस्’ भन्दै शरीरमा बारम्बार छुन खोजेको भनी आरोप लगाएकी छिन् ।

उनको यो आरोपपछि भुवनले नेपाल चलचित्र कलाकार संघमा छानबिनका लागि भन्दै निवेदन दिएका छन् । उनले साम्राज्ञीलाई साइबर क्राइममा उजुरी हाल्ने चेतावनी समेत दिएका छन् ।

यता साम्राज्ञीको मुद्दा सेलाउन नपाउँदै भुवनले एक युवतीलाई ‘राम्री’ भन्दै च्याट गरेको भिडियो सार्वजनिक भएको छ । क्यानडामा बस्दै आएकी स्वेता रेग्मीले भुवनको व्यवहारमा प्रश्न उठाउदै आफू बीच भएको कुराकानी सार्वजनिक गरेकी छिन ।

37 Views
%d bloggers like this: