८ माघ २०८०, सोमबार

ताजा खबर

खुर्सानीको धुलो आँखामा फाली सुनका गहना चोर्ने व्यक्ति पक्राउ

   २१ असार २०७७, आईतवार २१:०९ प्रकाशित

आँखामा खुर्सानीको धुलो फाली गहना चोरी भएको छ । गुलरिया नगरपालिका वडा नं. ६ स्थित आफताब सुनचाँदी पसलबाट करिब २ लाख ७६ हजार भन्दा बढी रकमको गहना चोरी भएको हो । आइतबार दिउसो ३ बजेको समयमा चोरीको सुचना प्राप्त हुन साथ प्रहरीले चोर्ने व्यक्तिलाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका वडा नं. ५ का २२ वर्षिय रबिन चौधरीले म सुन खरिद गर्ने मानिस हु, मलाई २ लाख बराबरको सुनका गरगहना देखाउनु होस् भनि पसल संचालक आफताब जसगढलाई भनेको र टेवलमा राखेको १८ पिस मंगलशुत्र अन्दाजी ३ तोला झम्टी पसल संचालकलाई खुर्सानीको धुलो आँखामा छर्की उक्त पसलबाट भागेको बताइएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरिक्षक सुशिल थापा मगर सहितको प्रहरी टोलीले चौधरीलाई भाग्दै गरेको अवस्थामा गुलरिया नगरपालिका वडा नं.५ स्थित सन्तोषी टोलबाट फेला पक्राउ गरेको हो । उनको साथबाट १८ थान मंगलशुत्र, खुर्सानीको धुलो, सादा मोवाईल १ थान, पैसा जस्तो बनाई सेतो प्लाष्टिकमा बेरी राखेको ३१८ पिस कागजको गड्डी १ थान भेटिएको जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी नायब उपरिक्षक डिएसपी योगेन्द्र कुमार खड्काले जानकारी दिनु भयो । पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यलयबको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको उहाँले बताउनु भयो ।

127 Views
%d bloggers like this: