बारबर्दिया वडा न.८ मा टोल टोलमा शिक्षा कार्यक्रम सुरु भएको छ । आज बिहान ७ बजे देखि वडा न . ८ को शिवनगर, चौकिपुर र भगतपुर टोलमा बसोबास गर्ने, निजि तथा सरकारी बिद्यालयमा अध्ययनरत सम्पुर्ण बिद्यार्थीहरु समाबेश गरि कक्षा संचालन गरिएको छ । दुई- दुई जना शिक्षकले प्रत्येक टोल टोल मा गएर हप्ताको दुई पटक कक्षा संचालक गर्ने जनता माध्यमिक बिद्यालय रम्मापुरका प्रधानाध्यापक रामप्रसाद ढकालले बताउनुभयो । कक्षामा कोभिड १९ कोरोना भाइरस को जनचेतना दिनु को साथै पढ्ने बाताबरण श्रृजना गर्नको लागि टोल टोलमा शिक्षा कार्यक्रम संचालक गर्न लागेको वाडा अध्यक्ष हरिप्रसाद भुसाल ले बताउनु भएको छ।
115 Views