५ फाल्गुन २०८०, शनिबार

ताजा खबर

बालविवाह न्युनिकरण गर्न बर्दियाका ३ पालिकामा सरोकारवालासंग छलफल

   २४ श्रावण २०७७, शनिबार ०९:०८ प्रकाशित

बालविवाह तथा चाडै हुने विवाह न्युनिकरण रोकथाम परियोजनाको शुभारम्भ बैठक बर्दियाका ३ स्थानिय तहमा सम्पन्न भएको छ । ३ स्थानिय तहका विभिन्न विषयगत शाखाका प्रमुख, विभिन्न गैरसरकारी संघसंस्थाका प्रमख तथा प्रतिनिधी, स्थानिय जनप्रतिनिधी लगायतको उपस्थितीमा छलफल गरिएको हो । बालविवाह न्युनिकरण तथा रोकथाम परियोजना अन्तर्गत दलित महिला संघ बर्दियाले बढी जोखिम मानिएका क्षेत्रको पहिचान गरि विविध सचेतना तथा रोकथामका कार्यक्रम संचालन गरिने परियोजना संयोजक प्रेम वि.क.ले जानकारी दिनु भयो । ३ वर्ष लगातार संचालन गरिने परियोजना मार्फत बालविवाह तथा चाँडै हुने विवाह न्युनिकरण रोकथामका सवालमा जिल्लको गुलरिया नगरपालिका, मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा कार्यक्रम संचालन हुने संयोजक वि.कले बताउनु भयो ।
परियोजनाको शुभारम्भ बैठकमा उपस्थित जनप्रतिनिधीले संघसंस्थाहरुले स्थानिय तह संग समन्वय गरि जवाफदेही भई कार्य गर्न आग्रह गरेका छन । समाजिक समास्याका रुपमा रहेको बालविवाहलाई समाधानका निम्ती सवै पक्ष संग समन्वय सहकार्य मार्फत कार्यक्रम गर्न स्थानिय सरकारले आग्रह गरेका छन । बाल बिवाहको सवालसँग सरोकार राख्ने किशोर किशारी, अभिभावक र अन्य सरोकारवाला पक्षहरु विच सचेतना, शसक्तीकरण र सहकार्य गर्दै उमेर नपुगी चांडै हुने बाल बिवाहको संख्या घटाउन योगदान गर्ने उद्धेश्य परियोजनाले राखेको छ । किशोर किशोरी संजाल तथा संयुक्त मंचहरुको क्षमता अभिवृद्धि र स्थानिय तह स्तरका सरोकारवाला निकायहरु विचको समन्वय र सहकार्यमा निरन्तरता दिने उद्धेश्य बनाइएको छ । दलित महिला उत्थान संघ द्धारा संचालित बालविवाह न्युनिकरण तथा रोकथाम परियोजना १४ जुन २०२२ सम्म रहने दलित महिला उत्थान संघ बर्दियाले जनाएको छ ।

59 Views
%d bloggers like this: