बर्दियामा सोमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा सोमवार जिल्लाका मधुवनका ६ जना र ठाकुरवावाका एक गरी ७ जनामाम कोरोना संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पताल नेपालगन्जका अनुसार सोमबार संक्रमण पुष्टि भएकाहरुमा मधुवन नगरपालिका वडा नम्वर १ र २ का २-२ जना र वडा नम्वर ४ का १ जना गरी ६ जना रहेका छन भने ठाकुरवावा नगरपालिका १ का एकजनामा संक्रमण पुष्टि भएको हो अस्पताल स्रोतले जनाएको छ।
92 Views